आइतबार, फागुन २४, २०८२

चीनको छोङकिङमा क्यान्टिन भत्किँदा ९ जनाको मृत्यु

फेंगसान उपजिल्ला कार्यालयको क्यान्टिन दिउँसो १२: १० बजेतिर क्यान्टिन भत्किएर ध्वस्त भएको थियो। अधिकारीहरुले ग्यास चुहावटबाट उत्पन्न भएको आशंका गरेका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

छोङकिङ- छोङकिङको वुलोङ जिल्लामा शुक्रबार एउटा क्यान्टीन भत्किँदा उद्धार गरिएका २० मध्ये नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

National life

फेंगसान उपजिल्ला कार्यालयको क्यान्टिन दिउँसो १२: १० बजेतिर क्यान्टिन भत्किएर ध्वस्त भएको थियो। अधिकारीहरुले ग्यास चुहावटबाट उत्पन्न भएको आशंका गरेका छन्।

उद्धार कार्य जारी रहेको र अज्ञात संख्यामा मानिसहरु भग्नावशेषमा फसेको आशंका गरिएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ।

स्थानीय अग्नि नियन्त्रक विभागले ५० सवारी साधनमा २६० उद्धारकर्मीसहित तीन टोली खटाएको छ। मन्त्रालयले कार्यदल र विज्ञ, खानी उद्धार टोली र ६० जनाको इन्जिनियरिङ टोली पठाएको बताएको छ। उत्खनन र लिफ्टिङ उपकरण पनि पठाइएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ।   सिन्ह्वा

प्रकाशित: Jan 07, 2022| 22:15 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।