मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सार्वजनिक सम्पत्तिमा बतास ग्रुपको दुरुपयोग स्वीकार्य छैन : युवा संघ

सार्वजनिक सम्पत्तिमा बतास ग्रुपको दुरुपयोग स्वीकार्य छैन : युवा संघ

युवासंघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यावसायिक प्रयोजनका लागि दुरुपयोग गरेर स्थायी संरचना बनाइरहेकाले यो स्वीकार्य हुन नसक्ने बताए।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्न माग गर्दै स‌स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापनपत्र बुझाएको छ। 

युवा संघले मन्त्रालयमा शुक्रबार सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउँदै युवासंघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यावसायिक प्रयोजनका लागि दुरुपयोग गरेर स्थायी संरचना बनाइरहेकाले यो स्वीकार्य हुन नसक्ने बताए। उनले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताए। 

अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भए पनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्त्वपूर्ण तथा दूर्लभ सम्पदाहरुको विनाश गरिएको आरोप लगाए।

ऐतिहासिक स्थल नारायणहिटीलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो। यो महत्त्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा व्यावसायिक समूहले होटल, रेस्टुरेन्ट सञ्चालन गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन। 

उनले भने, ‘पछिल्लो समयमा नारायणहिटी दरवार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यावसायिक प्रयोजनका लागि दुरुपयोग गरी रहेको विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ। ऐतिहासिक स्थल नारायणहिटीलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो। यो महत्त्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा व्यावसायिक समूहले होटल, रेस्टुरेन्ट सञ्चालन गर्ने कुरा कदापि स्वीकार्य हुन सक्दैन।’ 

नारायणहिटी र पशुपति क्षेत्रको धर्मशालामा स्थायी संरचना निर्माण गर्ने तथा नारायणहिटीका महत्त्वपूर्ण तथा दुर्लभ सम्पदाहरुको विनाश गरिएको उनको भनाइ छ। उनले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरु दुरुपयोग रोक्न नेपाल सरकारसँग माग गरे। उनले भने, ‘ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न अनुरोध गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानबिन गर्न अनुरोध गर्दछौं।’


प्रकाशित: Jan 07, 2022| 18:05 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।