मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणहिटीमा बतास समूहले बनाएका संरचना भत्काउन थालियो

नारायणहिटीमा बतास समूहले बनाएका संरचना भत्काउन थालियो

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन थालिएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन थालिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन थालेको हो।

बतास समूहले उक्त संरचना आफूखुसी बनाएकाले भत्काउन थालिएको समितिले जनाएको छ। बतास समूहले नारायणहिटी दरबार परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारका पालामा अनुमति पाएको थियो । १७ पुस ०७७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो।

यो विषयमा विवादमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले रेष्टुरेन्ट निर्माणको काममा रोक लगाउन निर्देशन दिएका थिए। निर्माणमा रोक लगाएसँगै छानबिन समिति पनि गठन गरिएको छ। नारायणहिटी दरबार संग्रहालयमा बतास समूहलाई रेष्टुरेन्ट खोल्न दिने निर्णय कुन मन्त्रीको पालामा भएको थियो, यो निर्णय कानुनसम्मत छ कि छैन लगायतका विषय अध्ययन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो। 


प्रकाशित: Jan 07, 2022| 14:21 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।