शुक्रबार, वैशाख १८, २०८३

भारतमा कोरोना संक्रमितको दैनिक संख्या एक लाख नाघ्यो

भारतमा कोरोना संक्रमणको दैनिक आँकडा १ लाख नाघेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– भारतमा कोरोना संक्रमणको दैनिक आँकडा १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १७ हजार १०० जना संक्रमित थपिएका छन्। सोही अवधिमा ३०२ जना संक्रमितको मृत्यु भएको छ।

National life

भारतमा संक्रमणदर बढेर ७.७४ प्रतिशत पुगेको छ। संक्रमणमुक्त हुने दर ९७.५७ प्रतिशत छ भने मृत्युदर १ प्रतिशत। अहिलेसम्म भारतमा ३ करोड ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने तीमध्ये ४ लाख ८३ हजार १७८ जनाको मृत्यु भएको छ। 

कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भने भारतमा ३ हजार ७ पुगेको छ। भारतमा भ्याक्सिनेसन पनि तीव्र गतिमा भइरहेको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ करिब ९४ लाखले कोभिडको भ्याक्सिन लगाएका छन्। 

उता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण फैलिरहेको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। ओमिक्रोनले विश्वभरकै स्वास्थ्य सेवामा दबाब बढेको उनले बताएका छन्।

डब्लुएचओका प्रमुख डा. टेड्रोस घेब्रेयियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘डेल्टाभन्दा ओमिक्रोन कम घातक देखिएको सत्य हो तरपनि यसलाई कमजोर नठान्नुस्।’ 


प्रकाशित: Jan 07, 2022| 11:01 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।