आइतबार, फागुन २४, २०८२

भारतमा १० दिनमा २० गुणाले बढे कोरोना संक्रमित

भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतमा पछिल्ला १० दिनमा २० गुणा कोरोना संक्रमितको संख्या बढेको छ। २८ डिसेम्बरमा एक दिन ६ हजार जनामा संक्रमण पुष्टि भएकोमा अहिले दिनकै एक लाखभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ। मुम्बई, दिल्ली र उत्तर प्रदेशमा संक्रमण दर तीव्र भइरहेको छ।

महाराष्ट्रमा पछिल्ला ४ दिनमा ३ सय ३८ डाक्टरमा संक्रमण पाइएको छ। मुम्बईमा मात्र पछिल्लो २४ घण्टामा २० हजार १ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ३३.६ प्रतिशतले संक्रमण बढिरहेको छ।

प्रकाशित: Jan 07, 2022| 09:04 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।