शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कजाकस्तानमा राष्ट्रपतिकै आग्रहमा विदेशी सेना, १८ सुरक्षाकर्मीको मृत्यु

कजाकस्तानमा राष्ट्रपतिकै आग्रहमा विदेशी सेना, १८ सुरक्षाकर्मीको मृत्यु

कजाकस्तानमा सरकार विरोधी प्रदर्शन बढेपछि विदेशी सेना त्यहाँ पुगेको छ। राष्ट्रपतिकै अनुरोधमा रुसको सेना कजाकस्तान प्रवेश गरेको हो।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– कजाकस्तानमा सरकार विरोधी प्रदर्शन बढेपछि विदेशी सेना त्यहाँ पुगेको छ। राष्ट्रपतिकै अनुरोधमा रुसको सेना कजाकस्तान प्रवेश गरेको हो।

National life

कैयौं दिनको प्रदर्शनपछि देशको सबैभन्दा ठूलो सहर अलमतमा मेसिन गनको आवाज सुनिएको छ। प्रदर्शनको दौराना १८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सुरक्षाकर्मीको गोली प्रहारबाट दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन्।

कजाकस्तानमा तेलको भाउ बढेपछि विरोध प्रदर्शन सुरु भएको हो। विस्तारै यो आन्दोलनमा विभिन्न राजनीतिक मुद्दा पनि प्रवेश हुन थालेका छन्।

आन्दोलनका लागि  राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले विदेशमा प्रशिक्षित आतंकवादी गिरोहलाई जिम्मेवार ठहर्याएका छन्। त्यहाँको सरकारी न्युज च्यानलमा अन्तर्वार्ता दिँदै राष्ट्रपतिले देशको बिग्रँदो स्थिति सुधार्न सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)को समर्थन मागेका थिए। रुस र ६ वटा पूर्व सोभियत संघका राज्यको सैन्य गठबन्धन हो सीएसटीओ।

रुसी आरआईए न्युज एजेसीका अनुसार कजाकस्तानको मद्दतका लागि २५ सय सेना रुसबाट पठाइएको छ। सीएसटीका अनुसार यो शान्ति सेना हो र यसले कजाकस्तान सुरक्षा गर्ने दाबी गरेको छ।

उता, अमेरिकाले पनि कजाकस्तानको स्थितिलाई नजिकबाट हेरिरहेको बताएको  छ। प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न उसले कजाक सरकारलाई आग्रह गरेको छ।


प्रकाशित: Jan 07, 2022| 09:04 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।