काठमाडौं- नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको बिहीबार विभिन्न ठाउँमा सरुवा गरिएको हो।
प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी वसन्त कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएका छन्।
यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा गरिएको छ।



