सोमबार, फागुन २५, २०८२

सन् २०२१ मा चार करोड बढीले गरे तिब्बतको भ्रमण

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

तिब्बत- दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

National life

तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा दिएको जानकारी अनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४.१ अर्ब युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।

तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।

पठार क्षेत्रमा अहिले १०० भन्दा बढी उच्च मूल्यांकन गरिएका पर्यटकीय आकर्षणहरू, २,७०० भन्दा बढी पर्यटन उद्यमहरू र २,३०० भन्दा बढी होमस्टेहरू सञ्चालनमा छन्।

सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२.६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 07, 2022| 04:30 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।