आइतबार, फागुन २४, २०८२

काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काजकिस्तान- काजकिस्तानमा बिहीबार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ। 

National life

पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो। 

अहिले निर्धारण गरिएको पेट्रोलियम पदार्थको मूल्य कम्तीमा छ महिना बृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन्।

यही बर्षको पहिलो दिनदेखि लागु हुनेगरी मुल्य बृद्धि भएपछि त्यसको विरुद्धमा देशभरी कडा आन्दोलन भएको थियो। 

आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर संकटकाल समेत घोषणा गर्नुभयो भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ। 

Laxmi sunrise bank
kumari

कुल एक करोड ९० लाखभन्दा बढी जनसङ्ख्या भएको मध्य एसियाली मुलुक काजकिस्तानमा छोटो अवधिमा ठूलो आन्दोलन भएको छ।

आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दावी पनि गरेका छन्। 

कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारी मारिएको प्रहरीले बिहीबार जनाएको छ।

आन्दोलनकारीले रातको समयमा सरकारी प्रशासनिक भवन, अल्माटी शहरको प्रहरी विभाग, स्थानीय प्रहरी चौकीलगायतमा आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीलाई मारिएको प्रहरी प्रवक्ता साल्टनाट बताएका छन्। 

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले बुधबार मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका थिए। उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागू गरिएको घोषणा पनि गरेका छन्। 

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ। हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। 

प्रकाशित: Jan 06, 2022| 23:30 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।