आइतबार, फागुन २४, २०८२

फिलिपिन्समा १८ वर्ष पूरा नभइ विवाह गरे १२ वर्ष जेल

फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ। कानुनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

मनिला- फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ। कानुनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो। 

National life

बिहीबार घोषणा गरिएको कानून अनुसार १८ वर्ष पूरा नभएका बालबालिकाहरूले विवाह गर्न नपाउने र एउटै कोठामा बस्न नपाउने भएका छन्।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्स धेरै बाल विवाह हुने मुलुकहरु मध्ये १२ औं अग्रस्थानमा पर्दछ। राष्ट्रपति रोड्रिगो डुतेर्तेले हस्ताक्षर गरेर जारी गरेको नयाँ कानुनले लैङ्गिक समानता, स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। 

उनले जारी गरेको कानून उलङ्घन गर्नेलाई १२ वर्ष जेल सजायको व्यवस्था गरिएको पनि समाचारमा जनाइएको छ। 

प्रकाशित: Jan 06, 2022| 23:00 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।