शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान : हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

अफगानिस्तान : हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काबुल- अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन्। 

National life

अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी वर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन्। 

उनीहरुका अनुसार मृत्यु भएका र घाइते भएकाहरू देशको हेल्मन्ड, निम्रोज, फराह, नान्गाहर, कान्दहर, जावजान, ताखर र केन्द्रीय राजधानी काबुलका रहेका छन्। 

देशको ९० प्रतिशत भूभागमा हिमपात, बर्षा र बाढीको असर परेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

हिमपात, बर्षा र बाढीका कारण मानवीय क्षतिसँगै भौतिक क्षति पनि भएको र आर्थिक नोक्सानी भएको जनाइएको छ। 

प्रकाशित: Jan 06, 2022| 22:30 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।