आइतबार, फागुन २४, २०८२

कोरोना संक्रमण बढे पनि पाकिस्तानमा लकडाउन नगरिने

पछिल्लो समय पाकिस्तानमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको भए पनि तत्काल लकडाउन गर्ने योजना नभएको पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले जानकारी दिए।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

इस्लामावाद - पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन्। पछिल्लो समय पाकिस्तानमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको भए पनि तत्काल लकडाउन गर्ने योजना नभएको पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले जानकारी दिए। 

National life

उनले कोरोना भाइरसको महामारी फैलिँदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन्। 

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ।

पछिल्लो २४ घण्टामा देशभरी एक हजारभन्दा बढी नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक भएकै बेला मन्त्रीको यस्तो भनाई आएको हो।  

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा पाकिस्तानमा एक हजार ८४ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

Laxmi sunrise bank
kumari

'हामीले कोरोनाभाइरसबाट दैनिक नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्या र अवस्थालाई नजिकबाट नियालीरहेका छौँ, तर अहिले नै लकडाउन लगाउने योजना भने बनाएका छैनौँ,' उमरले भने।

उनले अरु देशहरुमा के भइरहेको छ र उनीहरुले के गरिरहेका छन भन्ने बारेमा पनि आफुहरुले अध्ययन गरिरहेको पनि जानकारी दिए।

प्रकाशित: Jan 07, 2022| 04:00 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।