काठमाडौं- आज सन् २०२२ को जनवरी ७। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
ग्यालिलियोको खोज : बृहस्पति मा चार चन्द्रमा
सन् १९६० जनवरी ७ मा इटालियन खगोलविद् ग्यालिलियोले बृहस्पतिमा चार चन्द्रमा रहेको भन्दै पत्ता लगाएका थिए। यससँगै उनले बृहस्पतिमा नांगो आँखाले देख्न सकिने ताराहरु पनि रहेको उनले पत्ता लगाएका थिए। नौवटा ग्रहहरुमा बृहस्पति सबैभन्दा ठूलो ग्रहको रुपमा पनि चिनिन्छ। सूर्यबाट पाँचौं स्थान टाढा रहेको ग्रह हो।
जापानी सम्राट हिरोहितोको मृत्यु
सन् १९०१ अप्रिल २९ मा जन्मिएका जापानी सम्राट हिरोहितोको मृत्यु सन् १९८९ जनवरी ७ मा भएको थियो। उनी सन् १९२७ देखि उनको मृत्य १९८९ सम्म जापानको सम्राटको रुपमा थिए। उनी जापानको इतिहासमा सबैभन्दा लामो समय सम्राट बनेका व्यक्ति हुन्। उनले दोस्रो विश्वयुद्धमा जर्मनी र इटालीको गठबन्धनको विपक्षमा उभिएको भन्दै संयुक्त राज्यसमक्ष भ्रम फैलाएकोसमेत बताइएको थियो।
अलकायदाद्वारा चार्ली हेब्दोको कार्यलयमा आक्रमण
सन् २०१५ जनवरी ७ मा अलकायदाले फ्रान्सेली पत्रिका चार्ली हेब्दोको कार्यालयमा आक्रमण गरेको थियो। अरेबियन पेनिन्सुलामा रहेको यमनस्थित सैन्य समूहले पेरिसस्थित चार्ली हेब्दोको कार्यलयमा विस्फोट गराएको थियो। उक्त विस्फोटमा १२ जनाको मृत्यु भएको थियो। प्रोफेट मोहम्मदको गलत चित्रण गरेको भन्दै चार्ली हेब्दोको कार्यालयमा आक्रमण गरिएको बताइएको थियो। उक्त विस्फोटमा आक्रमणकारी पनि मारिएको बताइएको छ।
फेनोम पेन्हमा भियतनामी बलको कब्जा
सन् १९७९ को जनवरी ७ मा भियतनामी सैन्य बलले कम्बोडियाको फेनोम पेन्हमा कब्जा गरेको थियो। कम्बोडियाको खेमर रोउग र यसका नेता पोल पोटमाथि प्रतिबन्ध लगाउँदै भियतनामी बलले कब्जा गरेको थियो। कम्युनिस्ट पार्टी अफ कामपुचेको सैन्य बलको रुपमा सन् १९६७ मा स्थापना भएको खेमर रोउगले सन् १९७५ देखि १९७९ सम्म कम्बोडियमा शासन गरेको थियो।
अमेरिकी १३ औं राष्ट्रपतिको जन्म
अमेरिकाको १३ औं राष्ट्रपति मिलार्ड फिलमोरको सन् १८०० जनवरी ७ मा जन्म भएको थियो। सन् १८५० देखि ५३ सम्म उनी अमेरिकाको राष्ट्रपति बनेका थिए। उनले सन् १८५० मा फरार दाससम्बन्धी कानुन ल्याइएका थिए। उनी सन् १८४८ मा अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको मृत्यु सन् १९७४ मार्च ८ मा भएको थियो।