मंगलबार, भदौ २, २०८३

माछा प्रकरणमा चितवनका सीडीओले माफी मागे

श्रीमतीलाई महँगोमा माछा बिक्री गरेको भन्दै आफैं माछापसल पुगेर पसल सिल गरेको घटना बाहिरिएपछि सीडीओको चर्को आलोचना भएको थियो।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं - चितवनको माछा प्रकरणमा गल्ती भएको भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङले माफी मागेका छन्। श्रीमतीलाई महँगोमा माछा बिक्री गरेको भन्दै आफैं माछापसल पुगेर पसल सिल गरेको घटना बाहिरिएपछि सीडीओको चर्को आलोचना भएको थियो। 

चर्को आलोचनापछि सीडीओ तामाङले माफी माग्दै मत्स्य व्यवसायीसँग ६ बुँदे सहमतिसमेत गरेका छन्। नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले संघ, जिल्ला प्रशासन र महानगर आपसी समन्वय, समझदारी तथा सहकार्य गरि अघि बढ्ने निर्णय भएको बताए।

६ बुँदे सहमतिमा मत्स्य व्यवसाय नियमन तथा अनुगमनमा समझदारीका विषयहरु उल्लेख छन्। स्वस्थकर तथा बिक्री कक्षको मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, फर्मालिन नियन्त्रण गर्न परीक्षणको लागि नेपाल मत्स्य व्यवसायी संघका प्रतिनिधि समेत टोली गठन गरी कार्यान्वयन गर्ने र माछा ढुवानी गर्दा हुने अनियमितता अनुगमन गरी न्युनिकरण गर्ने सहमति भएको छ। 

सीडीओकी श्रीमतीले यहि पुस १८ गते ५ केजी ३ सय ग्राम माछा महँगोमा किनेको भन्दै श्रीमती फर्केको ३ घण्टापछि साँझ भरतपुर रिजाल चोकस्थित चितवन फिस हाउस पसल पुगेर व्यवसायीमाथि खनिएका थिए।

सो पसलबाट पठाएको माछाको नमुनाको गुणस्तर परीक्षण तत्काल नगर्ने, कालोबजारीका रुपमा मुद्दा दर्ता नगर्ने भन्दै सीडीओ लचिलो बनेपछि ६ बुँदे सहमति बनेको थियो।


प्रकाशित: Jan 06, 2022| 18:43 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।