काठमाडौं– पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
यसअघि मंगलबार ५८ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजारभन्दा धेरै संक्रमित थपिएका हुन्।
भारतमा अहिले संक्रमणदर ६.४३ पुगेको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा बढी छ।
अहिलेसम्म भारतमा ३ करोड ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन्।