मंगलबार, भदौ २, २०८३

ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु, १२ जना घाइते

झापामा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी थप १२ घाइते भएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

झापा- झापामा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी थप १२ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापाको मेचिनगर-८ का ४५ वर्षीय सारद राजवंशी रहेका छन्। उनको उपचारका क्रममा एन्जल मेडिकल धुलाबारीमा मत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी संकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधीकारी रहेका छन्। 

पिपल चोक बस्ने केशब पाठकको घरमा आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घटना घटेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 06, 2022| 08:55 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।