शुक्रबार, वैशाख १८, २०८३

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको आँकडा दिनहुँ उकालो लाग्दै छ। भारतमा ८१ दिनपछि पुनः सक्रिय संक्रमित संख्या २ लाख १४ हजार ४ जना पुगेको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- भारतमा कोरोना संक्रमितको आँकडा दिनहुँ उकालो लाग्दै छ। भारतमा ८१ दिनपछि पुनः सक्रिय संक्रमित संख्या २ लाख १४ हजार ४ जना पुगेको छ।

National life

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार १ सय ७४ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ।

महाराष्ट्र एसोसिएसन अफ रेजिडेन्ट डाक्टर्सका अध्यक्ष तथा जेजे अस्पतालका डा. गणेश सोलन्केले मुम्बईका विभिन्न अस्पतालमा २ सय ३० जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। 

कर्नाटकको बल्लारीस्थित विजयनगर मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २१ जनामा कोरोना पुष्टि भएको छ।  २ सय ५० जनाको कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको कलेज प्रशासनले जनाएको छ।

महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २६ हजार ५ सय ३८ संक्रमित थपिएका छन्। मुम्बईमा १५ हजार १ सय ६६ संक्रमित थपिएका छन्। मुम्बईमा मात्र २ सय १८ डाक्टरमा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Jan 06, 2022| 08:20 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।