मंगलबार, भदौ २, २०८३

कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्। 

लम्कीमा क्रेन र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पश्चिमबाट पूर्व जाँदै गरेको र१क ११३० नम्बरको क्रेन र विपरित दिशाबाट आउँदै गरेको से४प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका-५ का नेघुलाल चोधरी रहेका छन्। उनको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन्। क्रेन, क्रेन चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 06, 2022| 07:11 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।