आइतबार, फागुन २४, २०८२

भारी हिमपात र बर्षापछि अफगानिस्तानमा आपतकाल

भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काबुल- भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।   

National life

वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएको खामा प्रेसले जनाएको छ।

हिउँ र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको र तिनीहरूको वितरण भइरहेको मन्त्रालयका मुहम्मद अमिन मुबारिजले बताए। 

३४ प्रान्तमध्ये अफगानिस्तानका ३२ प्रान्तमा निरन्तरको हिउँ र पानीको वर्षा हुँदा ठाउँठाउँमा बाटोहरू अवरूद्ध बनेका बताइएको छ। अविरल वर्षाका कारण केही स्थानमा बाढी पहिरो गएको हो। 

यसैबीच भीषण हिमपातका कारण बन्द भएका सेवाहरूलाई पुनः सञ्चालनमा ल्याउन जनश्रम मन्त्रालय र अन्य केही निजी कम्पनीहरू पनि विपद् व्यवस्थापन अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि मुबारिजले बताए।

Laxmi sunrise bank
kumari

काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने सलाङ राजमार्ग भारी हिमपात र हावाका कारण पूर्णरूपमा अवरूद्ध बनेको खामा प्रेसले जनाएको छ। 

प्रकाशित: Jan 06, 2022| 01:00 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।