काठमाडौं- आज सन् २०२२ को जनवरी ६। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
अमेरिकी संसद्मा आक्रमण
सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद्मा आक्रमण भएको थियो। सन् २०२० मा भएको निर्वाचनमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन निर्वाचित भएपछि उनका समर्थकहरुले अमेरिकी संसद्मा आक्रमण गरेका थिए। उक्त आक्रमण चार सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियो।
इङ्ल्याण्डका राजा रिचार्ड दोस्रोको जन्म
सन् १३६७ जनवरी ६ मा इङ्ल्याण्डका राजा रिचार्ड दोस्रोको जन्म भएको थियो। उनी फ्रान्समा जन्मिएका थिए। उनी १० वर्षको उमेरमा नै इङ्ल्याण्डको राजा भएका थिए। उनले सन् १३७७ देखि १३९९ सम्म इङ्ल्याण्डको राजगद्दी सम्हालेका थिए। उनको सन् १४०० फेब्रुअरीमा निधन भएको थियो।
एआर रहमानको जन्म
भारतीय संगितकार एरआर रहमानको जन्म १९६६ जनवरी ६ मा भएको थियो। 'मोजार्ट अफ मदरास' भनेर चिनिने रहमान भारतको चेन्नईमा जन्मिएका थिए। उनले चार वर्षको उमेरदेखि नै पियानो बजाउन सिकेका थिए। उनी ९ वर्षको हुँदा नै पीता गुमाएका थिए। उनले सन् २०१० मा ग्रामी अर्वाड प्राप्त गरेका थिए। बम्बई ड्रिम्स, जय हो, द लर्ड रिङ्स उनका प्रख्यात एल्बम हुन्।
चीनलाई बेलायतको मान्यता
सन् १९५० जनवरी ६ मा ग्रेट ब्रिटेनले पिपुल्स रिपब्लिक अफ चाइनालाई मान्यता दिएको थियो। सन् १९४९ मा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले विजय हात पारेपछि बेलायतले मान्यता दिएको हो। सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले चीनको सत्ता सम्हालेको थियो।