आइतबार, फागुन २४, २०८२

काजकिस्तानमा आपतकाल घोषणा

काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी सहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काजकिस्तान- काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी सहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन्।

National life

राष्ट्रपतिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, 'नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ।'

आपतकालीन अवस्थाका बेला नुर–सुल्तानमा प्रवेश र त्यहाँबाट बाहिरिन रोक लगाइने छ भने विरोध प्रदर्शन गर्न हतियार राख्ने अनुमति नभएका व्यक्तिहरुको हतियार जफत गरिनेछ। 

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको थियो। 

आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 06, 2022| 03:30 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।