शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाद्वारा बलिस्टिक मिसाइल परीक्षण, अमेरिकाद्वारा वार्ताका लागि आह्वान

उत्तर कोरियाद्वारा बलिस्टिक मिसाइल परीक्षण, अमेरिकाद्वारा वार्ताका लागि आह्वान

उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

प्योङयाङ- उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन्।

National life

दक्षिण कोरिया सरकारले पुष्टि गर्नुअघि प्रक्षेपणबारे जापानी तटरक्षक निकायले समुद्रमा पहिलो पटक जानकारी दिएको थियो।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाद्वारा यस प्रतिबन्धको पालना गरेको पाइँदैन। 

दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले थप विवरणहरूको विश्लेषण गरिरहेका दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफ (जेसीएस) ले जानकारी गराएको छ। 

अमेरिकाद्वारा वार्ताका लागि आह्वान

संयुक्त राज्य अमेरिकाले बुधबार उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको छ। साथै, उत्तर कोरियाली अधिकारीलाई भड्किलो गतिविधि त्याग्न र वार्तामा बस्न प्योङयाङलाई आग्रह गरेको छ।

'यो प्रक्षेपण संयुक्त राष्ट्र सुरक्षा परिषदका धेरै प्रस्तावनाहरूको उल्लङ्घन हो र यसले उत्तर कोरिया छिमेकीहरू र अन्तरराष्ट्रिय समुदायको लागि खतरा उत्पन्न गर्छ,' अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने।

उनले भने, 'हामी उत्तर कोरियासँगको कूटनीतिकसम्बन्ध कायम गर्ने दृष्टिकोणप्रति प्रतिवद्ध छौं र वार्तामा सहभागी हुन आह्वान गर्दछौं।' 

प्रकाशित: Jan 06, 2022| 04:00 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।