मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेची-महाकाली उद्धार यात्रा : पहिलो दिन ५ सहयोगापेक्षीको उद्धार

मेची-महाकाली उद्धार यात्रा : पहिलो दिन ५ सहयोगापेक्षीको उद्धार

आइतबारबाट सुरु भएको पूर्व-पश्चिम राजमार्गको यात्राको क्रममा ५ जना वास्तविक सहयोगापेक्षीको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवं मेची महाकाली यात्रा-२०७८ का संयोजक आदर्श ढकालले बताए।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं-हयोगापेक्षी मानिसको उद्धारका लागि मेची-महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जना उद्धार गरेको छ।

आइतबारबाट सुरु भएको पूर्व-पश्चिम राजमार्गको यात्राको क्रममा ५ जना वास्तविक सहयोगापेक्षीको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवं मेची महाकाली यात्रा-२०७८ का संयोजक आदर्श ढकालले बताए। 

'हामीले नियमित रुपमा देशका ७७ वटै जिल्लाहरुबाट सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गर्दै आइरहेका छौँ। तर यस चिसो मौसममा सहयोगापेक्षी व्यक्तिहरुको उद्धारका लागि र अघिल्ला बर्षहरुमा जस्तो सडकपेटीमा नै चिसोका कारण कसैको पनि मृत्यु नहोस् भन्ने सन्देश दिनका लागि यात्रा गर्न लागिएको हो,' उनले भने। 

उद्धार गरिएका ५ जना मध्ये एक जना कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका-३ बाट, दोश्रो कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका चिसापानी स्थित कर्णाली पुलबाट, तेश्रो कैलालीकै झलारी शुक्लाफाँटा नगरपालिकाबाट, चौथो दाङको लमही नगरपालिका वडा नं. ९ बाट र पाँचौ व्यक्ति लमही नगरपालिका वडा नं. ३ बाट उद्धार गरिएको हो। 

उद्धार गरिएका पाँच जना नै मानसिक रुपमा अस्वस्थ रहेको र स्वास्थ्य उपचारपछि परिवार भेटिएको अवस्थामा पारिवारिक पुनर्मिलन गरिने यात्री स्वस्तिका भट्टराईले बताइन्। 

मानवसेवा आश्रमले यसअघि पनि चिसो मौसममा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी व्यक्तिहरुको उद्धारको लागि २०७७ साल पौष ७ गतेदेखि माघ १५ गतेसम्म मेची महाकाली यात्रा गरेर ७५८ जनाको उद्धार गरेको थियो। 

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ। १३ दिनसम्म चल्ने यात्रा माघ १ गते समापन हुने छ।

प्रकाशित: Jan 04, 2022| 15:30 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।