मंगलबार, भदौ २, २०८३

पड्के रोग नियन्त्रणका लागि खोप अभियान

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ। भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो। 

याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौं पठाएको थियो। ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि आजदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए। स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ भट्टराईको दुई वटा गाई मरेको थियो। गाई मरेसँगै पड्के रोगको शंका गरिएको थियो। 

‘केन्द्रबाट खोप मगाएर नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छौँ, गाई मरेका फार्मका ४३ वटा गाईलाई पड्के रोग विरुद्धको खोप लगाउँछौ,’ डा. श्रेष्ठले भने। खोप लगाउनका लागि पशु प्राविधिक पिपिई लगाएर फार्ममा पुगेका छन्। 

यहाँका गाईलाई पड्केसँगै खोरेत रोग पनि देखिएको छ। त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको डा. श्रेष्ठले बताए। ‘खोरेत देखिएकाले पनि समस्या भएको छ, केही गाई बिरामी परेका छन्,’ उनले भने। पड्के सबै प्रकारको घरपालुवा पशु साथै मानिसमासमेत लाग्ने सबैभन्दा डरलाग्दो सरुवा रोग हो। यो रोग 'ब्यसिलस एन्थ्राशीश' नमाक जीवाणुबाट लाग्छ। 

खोरेत रोग देखिएपछि पशुबस्तुको आवतजावत र ओसारपसार बन्द

तनहुँको भीमाद नगरपालिकामा खोरेत रोग देखिएपछि नगर क्षेत्रभित्र पशुको आवतजावत र ओसारपसार बन्द गरिएको छ। भीमाद नगरपालिका–८मा खोरतेसँग मिल्दोजुल्दो लक्षण देखिने गरी रोग देखा परेकाले पुस १३ गतेदेखि एक महिनाका लागि पशुको आवतजावत र ओसारपसार बन्द गरिएको हो। 

नगरप्रमुखस्तरीय निर्णय अनुसार खोरेत रोग लाग्ने गाईभैँसी, भेडा/बाख्रा र बङ्गुरसुङ्गुरको ओसारपसार पूर्ण रुपमा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताए। उनका अनुसार रोग निदानका लागि नमूना पठाइसकिएको छ। 

नगरपालिकाले खोरेत रोग नियन्त्रणमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ। फार्म, गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म, गोठमा नजान, गोठको काम गर्दा लगाएको लुगाकपडा र जुत्ताचप्पल अरु बेलामा प्रयोग नगर्न, फार्म, गोठमा पालिएका पशुबस्तुमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकैको पशुसेवा केन्द्रमा खबर गर्न र नियमित रुपमा फार्म, गोठ वरपर, चुन, साइट्रिक, एसिड वा भिर्कोन छर्न आग्रह गरिएको छ।   रासस

प्रकाशित: Jan 05, 2022| 14:12 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।