मंगलबार, भदौ २, २०८३

गायक सोनु निगमलाई कोरोना संक्रमण

चर्चित भारतीय गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पुष्टि भएको बताइएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- चर्चित भारतीय गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना पुष्टि भएको बताइएको छ।

निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूहरूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनी अहिले परिवारका साथ दुबईमा रहेका छन्। 

कोरोना संक्रमित भएपछि उनले परिवारका साथ आफू क्वारेन्टाइनमा रहेको बताएका छन्। ‘तपाईहरूलाई नयाँ बर्षको शुभकामना। म कोरोना संक्रमित भएको छु। कति मानिसलाई यो कुरो थाहा छ। कतिलाई थाहा छैन,’ उनले भिडियो सन्देशमा भनेका छन्।

उनले अहिले आफू दुबईमा रहेको र भुवनेश्वरको कार्यक्रममा सहभागी हुन भारत फर्किनुपर्ने बताएका छन्। 'सुपर सिंगर सिजन ३’ को पनि सुटिङ गर्नुछ। मैले कोरोना टेष्ट गराएको रिपोर्ट पोजेटिभ आयो,' उनले भनेका छन्। 

प्रकाशित: Jan 05, 2022| 13:53 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।