मंगलबार, भदौ २, २०८३

चार्ल्स शोभराजको मुद्दामा सुनुवाइ हुँदै

कुख्यात अपराधी चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बुधबार सुनुवाइ हुने भएको छ। जेष्ठ नागरिकलाई दिने कैद छुट माग गर्दै शोभराजले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- कुख्यात अपराधी चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बुधबार सुनुवाइ हुने भएको छ। जेष्ठ नागरिकलाई दिने कैद छुट माग गर्दै शोभराजले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

न्यायाधीश बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ। यसअघि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले शोभराजलाई जेष्ठ नागरिक ऐन अनुसार कैद छुट नदिनुको कारण माग गरिएको थियो। 

कारागार कार्यालय जगन्नाथ देवलले लिखित जवाफ पेश गरेपछि बुधबारका लागि पेशी तोकिएको छ। 

७७ वर्षीय शोभराजले पुस ७ गते कैद छुटको माग गर्दै रिट दायर गरेका थिए। जेष्ठ नागरिक ऐन अनुसार ७५ वर्ष पूरा भएकालाई ७५ प्रतिशत कैद छुट दिइने व्यवस्था छ।

प्रकाशित: Jan 05, 2022| 12:44 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।