मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटार जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ।

अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताउँदै ब्युरोले तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ। 

ब्युरोका निर्देशक धिरजप्रताप सिंहले पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्तिसमेत रहेको बताएका छन्। उनले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत रहेको बताएका छन्।

उनले तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएकाले आफूहरू त्यसमा लागिरहेको उनले जानकारी दिए। तर, ब्युरोले‘हाइप्रोफाइल’ लाई पक्राउ नगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाने तयारी गरेको बुझिएको छ। 

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले थुनामा छन्। बाँकी कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन्।

प्रकाशित: Jan 05, 2022| 12:35 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।