मंगलबार, भदौ २, २०८३

दैलेखमा जिप दुर्घटना, चालकको मृत्यु

भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

सुर्खेत- दैलेखमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जिप चालक दैलैख भगवतीमाई गाउँपालिका-६ का ३० वर्षीय कृष्ण रोकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा तीन जना महिला पाँच जना पुरुष र दुई जना बच्चा गरी १० जना सवार रहेको प्रहरीको भनाइ छ। घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

प्रकाशित: Jan 05, 2022| 11:51 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।