मंगलबार, भदौ २, २०८३

रसुवामा सुक्खा पहिरो पन्छाउन थालियो

सुक्खा पहिरोले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

रसुवा- मंगलबारदेखि बन्द स्याफ्रुबेँसी-रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ। सुक्खा पहिरोले  सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो। 

पहिरो हटाउन बुधबार बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ। पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए।

ठाडो भिर क्षेत्रमा अवस्थित राजमार्गको अवरोध हटाउन संयमता अपनाउनुपर्ने भएकाले पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने प्राविधिकको अनुमान छ। पहिरोले राजमार्ग अवरूद्व बनाएपछि चीनबाट आयात गरिएका मालसामान बोक्ने कन्टेनर टिमुरे क्षेत्रमै रोकिएका छन्।

गोसाइँकुण्ड गाउँपालिका-३ कलाङकुलुङ खोला आसपास क्षेत्रको भू-भागमा पहिराले विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेत बन्द छ। टिमुरे तथा रसुवागढी क्षेत्रमा सञ्चारविच्छेद भएको छ।

प्रकाशित: Jan 05, 2022| 10:40 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।