शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जनस्वास्थ्यविद् भन्छन्- कमजोर छैन ओमिक्रोन, यस्तो छ सरकारको तयारी

जनस्वास्थ्यविद्‍हरूले पनि रुप परिवर्तन गरिरहने भएकाले कोरोना भाइरसलाई कम नआँक्न सुझाव दिएका छन्। जनस्वास्थ्यविद् शरद वन्तले भने, 'रुप परिवर्तन गरिरहने कोरोना भाइरसलाई कमजोर ठान्नु हुँदैन। नेपाल पनि ओमिक्रोनको उच्च जोखिममा छ।'
 |  बुधबार, पुस २१, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, पुस २१, २०७८

काठमाडौं- पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको उच्च जोखिममा नेपाल पनि परेको छ। भारतसँगको खुला नाका र विभिन्न देशबाट हवाईमार्गमार्फत भइरहेको आवागमनका कारण ओमिक्रोन संक्रमणको उच्च जोखिम रहेको हो। नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ। विश्व स्वास्थ्य स‌ंगठनले यसलाई अरू भेरियन्टभन्दा ७० प्रतिशत बढी स‌ंक्रामक रहेकाले सजग रहन चेतावनी दिएको छ।

triton college

जनस्वास्थ्यविद्‍हरूले  पनि रुप परिवर्तन गरिरहने भएकाले कोरोना भाइरसलाई कम नआँक्न सुझाव दिएका छन्। जनस्वास्थ्यविद् शरद वन्तले भने, 'रुप परिवर्तन गरिरहने कोरोना भाइरसलाई कमजोर ठान्नु हुँदैन। नेपाल पनि ओमिक्रोनको उच्च जोखिममा छ।'

कोरोनाको जोखिमबाट मुक्त नहुँदै नेपालमा ओमिक्रोन संक्रमण हुन थालेको छ। संक्रमणका स्रोत चलायमान छन्। राजनीतिक दलका महाधिवेशनका पनि मानिसहरुको चहलपहल बढ्यो भने होटेल-रेस्टुराँहरूमा भीड छ। तर नेपालमा त्यति सावधानी अपनाइएको छैन।  'अरु देशमा ओमिक्रोनको स‌ंक्रमण दरलाई हेर्दा हामीले उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ,' वन्तले भने। उनले  भेरियन्टको जोखिम कम छ भनेर ढुक्क हुन नहुने बताए।

आफूहरूले पटक-पटक राज्यका सम्बन्धित निकायलाई महामारी फैलिन नदिन उच्च सावधानी अपनाउन आग्रह गर्ने गर्दै आए पनि सुनुवाइ नभएको गुनासो उनको छ। उनले भने, 'सबै नेपालीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।'  सबै भेरियन्टको सर्ने प्रकृति एउटै भएकाले त्यसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्नु नै सबैभन्दा ठूलो सुरक्षा भएको उनी बताउँछन्।

फेरि पनि कोरोना महामारी फैलियो र लकडाउन हुने स्थिति सिर्जना भयो भने न्यून आर्थिक अवस्था भएको वर्ग निकै मारमा पर्ने निश्चित छ। 

'सीमा नाकामा कडाइ गर्नुपर्छ। एन्टिजेन्ट परीक्षणमा जोड दिनुपर्छ। कोरोना पुष्टि भएमा आइसोलेसनमा राख्नुपर्छ। कसैले कत्ति पनि लापरबाही गर्नु हुँदैन,' उनले भने। यसका साथै सरकारले खोप कार्यक्रम प्रभावकारी रुपमा गाउँगाउँ पुर्‍याउनुपर्ने वन्तको सुझाव छ। उनले ओमिक्रोन तीव्र गतिमा फैलिएमा त्यसले नै रुप परिवर्तन गरेर अर्को स्वरुपमा नयाँ शक्तिशाली भेरियन्ट पनि जन्मिन सक्ने भएकाले कुनै पनि भेरियन्टलाई कमोर रुपमा लिन नहुने वन्तको सुझाव छ।

Metro Mart
vianet

सबैलाई खोप कि बुस्टर डोज?

सरोकारवालाहरूले भारतमा फेरि कोरोनाले भयावह रुप लिँदा नेपालमा सरकारले सबै जनतालाई खोप कि पहिले बुस्टर डोज भन्ने बारेमा समेत निर्णय लिन नसकेको गुनासो गरेका छन्। 

डाक्टर वन्त पनि सरकारको पहिलो प्राथमिकता सबै जनतालाई खोप हुनुपर्ने बताउँछन्। 'आज सहज रुपमा खोप उपलब्ध हुन सक्छ। त्यसका लागि बलियो आन्तरिक व्यवस्थापन गर्नुपर्छ। समानतामा आधारित न्यायिक व्यवस्थापन हुनुपर्छ। यहाँ पहुच हुनेहरूले बुस्टर डोज लगाइसकेका छन्। त्यसको अन्त्य हुनुपर्छ,' उनले भने।  महामारीले कतिपय व्यक्तिको जनजीवनमा अकल्पनीय क्षति पुर्‍याएको छ। आर्थिक अवस्था निकै जरजर पारेको छ। फेरि पनि कोरोना महामारी फैलियो र लकडाउन हुने स्थिति सिर्जना भयो भने न्यून आर्थिक अवस्था भएको वर्ग निकै मारमा पर्ने निश्चित छ। 

सीमामा बढाइयो परीक्षणको दायरा

भारतमा कोरोना बढेसँगै सीमा नाकामा रहेका हेल्थ डेक्सहरूले एन्टिजेन्ट परीक्षणको दायरा बढाएका छन्। कैलालीको धनगढीस्थित गौरीफन्टा नाकाको स्वास्थ्य केन्द्रका इन्चार्ज गणेश साउदले केही दिन यता भारतबाट आउने वयक्तिमा संक्रमण दर बढ्दो रहेको बताए।

'हामीले नेपालमा लामो समय बस्नेहरूको परीक्षण गर्ने गरेका छौं। तर, एकै दिनमा आउने-जानेहरूको परीक्षण गरिँदैन। थोरै जनशक्ति भएकाले सबैको परीक्षण गरेर नै भ्याइँदैन। एक दिन मात्रै आउनेहरूको परीक्षण पनि गर्ने हो भने अझै संक्रमित संख्या बढ्ने देखिन्छ,' उनी भन्छन्। प्रत्येक दिन बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म आफूहरूले एन्टिजेन्ट परीक्षण गर्ने र खोप नलगाएका व्यक्तिलाई सीमा नाकामै खोप लगाउने गरेको उनले बताए।

तर, जनशक्ति अभाव र सरकारले दिने सेवा सुविधाको समस्याले आफूले सहज रुपमा काम गर्न नसकेको उनको गुनासो छ। थोरै जनशक्तिलाई खाजा, चिया र पानीको समेत व्यवस्था नभएको उनले गुनासो गरे। 

'हामी बिहान ६ बजेदेखि नै चिया, पानी बिनै काम गरिरहेका हुन्छौं। सकेको काम गरिरहेका छौं। सरकारले हाम्रा सामान्य आधारभूत कुरा पुरा गरे मात्रै हामी झनै सक्रियताका साथ काम गर्न सक्थ्यौं,' उनले भने। शनिबार १ सय ७५ जनाको एन्टिजेन्ट परीक्षण गर्दा ८ जना, आइतबार १ सय ९ जनाको एन्टिजेन्ट परीक्षण गर्दा तीन जना र सोमबार मध्याह्न १२ बजेसम्म १ सय ६५ जनाको एन्टीजेन्ट परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयले  प्रदेश प्रमुखको समन्वयमा प्रत्येक प्रदेशमा एउटा स्वास्थ्य विशेषज्ञ पठाउने तयारी गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा स्वास्थ्य विशेषज्ञ पठाइसकेको मिश्रले बताइन्।

केही दिन पहिले शून्यजस्तै बनेको संक्रमण दर बढ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। सरकारले सीमाना नाकामा जनशक्ति नबढाए पुन: भारतबाट संक्रमण भित्रिएर बहावह अवस्थाको सिर्जना हुने भन्दै साउदले चिन्ता व्यक्त गरेका छन्। उनले गौरीफन्टा नाका मात्र नभएर भारतसँग जोडिएका देशभरकै नाकाको अवस्था आफूहरूको जस्तै रहेको बताएका छन्।

साउदले कोरोना पुष्टि भएकाहरूलाई एब्लुलेन्सबाट धनगढी उपमहानगरपालिका-१५ कनरीस्थित सरकारी आइसोलेशन सेन्टरमा पठाउने गरेको बताएका छन्। संक्रमितमा लक्षणनै देखिए सेती प्रादेशीक अस्पतालको कोरोना उपचार कक्षमा पठाउने गरेको बताए।

के छ मन्त्रालयको तयारी? 

मन्त्रालयले सम्भावित जोखिमलाई ध्यान दिँदै सबै निकायलाई सतर्क रहन निर्देन दिएको ।  मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले सबै निकायलाई उच्च सावधानी अपनाउन मन्त्रालयले निर्देशन दिइसकेको बताएकी छन्।

यसका साथै सरकार र्‍यापिड एक्सन प्लानका साथ अगाडि बढ्ने रणनीतिमा रहेको छ। उनले भनिन्, 'हामीले सीमान नाकाका हेल्थ हेल्प डेक्सहरूमा एन्टिजेन्ट पठाइसकेका छौं। हामीले विभागका अधिकारी तथा विज्ञहरूसँग पनि छलफल गरिसकेका छौं।' यस्तै मन्त्रालयले  प्रदेश प्रमुखको समन्वयमा प्रत्येक प्रदेशमा एउटा स्वास्थ्य विशेषज्ञ पठाउने तयारी गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा स्वास्थ्य विशेषज्ञ पठाइसकेको मिश्रले बताइन्।

के छ भारतको अवस्था?

भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा हुनेगर्छ। भारतमा मंगलबार मात्रै ३७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।  मंगलबार भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। भारतमा ओमिक्रोन पुष्टि हुनेको स‌ंख्या पनि १ हजार ८ सय ९२ पुगिसकेको छ। 

महाराष्ट्र र नयाँदिल्ली ओमिक्रोनबाट बढी प्रभावित छन्। महाराष्ट्रमा ५ सय ६८ र दिल्लीमा ३ सय ८२ जनामा ओमिक्रोन पुष्टि भएको भारतीय अधिकारीहरुले बताएका छन्। दिनहुँ ६-७ हजारमा मात्र स‌ंक्रमण पुष्टि हुने गरेको यो संख्या एकै पटक फेरि बढ्न थालेपछि भारतमा अस्पतालहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन थालेका छन्। 

नेपालमा पनि ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन्। मंगलबार मात्रै नेपालमा थप तीन संक्रमितले ज्यान गुमाए। नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १ पुगिसकेको छ। 

ओमिक्रोनसँगै डेल्टा प्रजातिको कोरोना भाइरस फैलिँदा फेरि विश्वभर संक्रमित हुनेको संख्या बढिरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि विश्वमा फेरि कोरोना संक्रमणले आक्रान्त बनाउने चेतावनी दिइरहेको छ। 

अमेरिका र कतिपय युरोपेली मुलुकहरूमा दिनदिनै संक्रमित थपिने संख्या बढ्दो क्रममा छ। हाम्रो छिमेकी मुलुक भारतमा समेत स‌ंक्रमितको संख्याले नयाँ उचाइ छोइरहेको छ। भारतमा कोरना महामारी उकालो लाग्नु नेपालका लागि पनि चुनौतीको विषय हो।

प्रकाशित: Jan 05, 2022| 09:51 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्