काठमाडौं- ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा जिल्लाको गोदाबरी नगरपालिका-९ छम्पी घर भई मंगलबार बस्दै आएका राजु तामाङ रहेका छन्। तामाङको आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिए।
गए राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल कुपोन्डोलमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।