काठमाडौं- शीतलहरका कारण सप्तरीमा एकजनाको ज्यान गएको छ। महादेवा गाउँपालिका–४ का देवनारायण ठाकुरको शीतलहरका कारण सोमबार बिहान ज्यान गएको हो।
गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादवले राति खाना खाएर सुतेका ६५ वर्षीय ठाकुरको चिसोका कारण मृत्यु भएको बताएकी छन्। बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारजनले सोधखोज गर्दा उनी कठ्यांग्रीएको अवस्थामा मृत फेला परेका थिए।
एक सातायता बढ्दो शीतलहरले जिल्लाका विपन्न वर्गको जनजीवन कष्टकर हुन पुगेको छ।