आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नोवेलले निर्बाध पठन-पाठनको व्यवस्था नगरे तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी

Siddartha premir insuranceSiddartha premir insurance

नोवेलले निर्बाध पठन-पाठनको व्यवस्था नगरे तालाबन्दी गर्ने विद्यार्थी संगठनको चेतावनी

विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज विराटनगरलाई अतिरिक्त शुल्क नलिई पठन पाठन सञ्चालन गर्न अल्टिमेटम दिएका छन्। मंगलबार विद्यार्थी संगठनले नोबेल प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्।
 |  बुधबार, पुस २१, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, पुस २१, २०७८

विराटनगर- विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज विराटनगरलाई अतिरिक्त शुल्क नलिई पठन पाठन सञ्चालन गर्न अल्टिमेटम दिएका छन्। मंगलबार विद्यार्थी संगठनले नोबेल प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्।

triton college

बुधबार मध्यान्नसम्म पनि समस्या समाधानका लागि मेडिकल कलेजले पहल नगरे तालाबन्दी गरिने अनेरास्ववियुका नेता तुलसी घिमिरेले बताए। उनले कलेजका प्रिन्सिपल डा. रामहरि घिमिरेलाई मंगलबार २४ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको बताएका छन्।

नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबिबिएसमा भर्ना भएका विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि विद्यार्थीको आन्दोलनमा विद्यार्थी संगठनले पनि साथ दिएका हुन्। चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान र अनेरास्ववियु मोरङले निर्बाध पठन–पाठनको व्यवस्था नमिलाए बुधबार तालाबन्दी गरिने बताएका छन्।

तालाबन्दीमा अवरोध गरिए स्थानीयवासी, विद्यार्थीका अभिभावक सबैको साथ लिएर नोवेलविरुद्ध थप संघर्षका कार्यक्रम गरिने विद्यार्थी नेता नवीन पहाडीले बताए। विद्यार्थीको आन्दोलनमा चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानका संयोजक मनिष भट्टराईले विद्यार्थी आन्दोलनमा उत्रिएपछि नोबेल कलेज भित्र प्रवेशमा कडाइ गरिएको बताए। उनले भने, 'कलेज प्रशासन सम्म पुग्न समस्या छ, अस्पताल प्रवेशको चेनगेटमै तालाबन्दी गरिने छ।’

नोबेल मेडिकल कलेजमा १ सय विद्यार्थीको कोटा छ। कलेजमा भर्ना भएका ९६ विद्यार्थी मध्ये २४ जनाले अतिरिक्त शुल्क बुझाएका छन्। उनीहरूको पठन–पाठन भइरहेको आन्दोलनरत विद्यार्थीहरूले बताएका छन्। विद्यार्थीका अनुसार ९ भारतीय, १० छात्रवृत्ति र ५ जनाले अतिरिक्त बुझाएकालाई कलेजले माथिल्लो तलामा राखेर पढाई रहेको छ।

Metro Mart
vianet

चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरीत नोवेलले ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन। पुस १४ गतेदेखि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको आन्दोलनमा अनेरास्ववियुले साथ दिँदै आएको छ।

विद्यार्थीले कलेजले अनिवार्य होस्टल बस्नु पर्ने नियम बनाएको र होस्टल बापत मासिक २४ हजार असुल्ने गरेको बताएका छन्। उनीहरूले होस्टेलमा कुनै पानी, बिजुली लगायतको कुनै सुविधा नभएको गुनासो गरे। उनीहरूले आफ्नो समस्याबारे मुख्यमन्त्री, मन्त्रीहरू, जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए पनि कतै सुनुवाइ नभएको बताएका छन्। 

नोवेलका विद्यार्थीको आन्दोलनप्रति अनेरास्ववियु (क्रान्तिकारी) ले ऐक्यबद्धता जनाएको छ।  मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्क असुली र ज्यादती प्रति घोर आपत्ति रहेको अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले बताएका छन्।

प्रकाशित: Jan 05, 2022| 08:30 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।