शुक्रबार, वैशाख १८, २०८३

भारतमा एक युवकलाई भिडले जिउँदै जलायो

भारत झारखण्डमा एक युवकलाई जिउँदै जलाइएको छ। झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- भारत झारखण्डमा एक युवकलाई जिउँदै जलाइएको छ। झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको हो।

National life

प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ। घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मारिने युवककी पत्नीले भिडसँग ज्यानको भिक मागेकी भए पनि उनीमाथि निरममतापूर्वक कुटपिट भइ भिडले जिउँदै आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन्। 

मारिने व्यक्ति बेसराजारा गाउँका सञ्जू प्रधान रहेका छन्। स्थानीय आदिवासीहरूको स्वीकृति बिना सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको आरोपमा उनको हत्या भएको हो ।

आदिवासीहरूको पारम्परागत खूँटकटी व्यवस्था अनुसार ग्राम प्रधानको इजाजत बिना गाउँमा रुख काट्न पाइँदैन।

सञ्जूले रुख काट्ने गरेको जानकारी वन विभागलाई पनि गराईएको तर त्यहाँबाट केही कारबाही नभएपछि गाउँलेहरू त्यहाँ पुगेको स्थानीय बासिन्दाको दाबी छ। 

प्रकाशित: Jan 05, 2022| 07:20 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।