मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहीबारदेखि वर्षा र हिमपात हुने, यस्तो छ मौसमी पूर्वानुमान

बिहीबारदेखि वर्षा र हिमपात हुने, यस्तो छ मौसमी पूर्वानुमान

पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं-  पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ। मंगलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणाली बलियो बन्दै जानेभएसँगै बिहीबारदेनि चार दिनसम्म नेपालको मौसम खराब रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ।

विभागले एक सूचना जारी गर्दै हिउँदे वर्षाले पुर्‍याउने असरबाट जोगिन आह्वानसमेत गरेको छ। बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबारदेखि भने देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ। बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको प्रभाव रहनेछ।

यो समयमा उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने महाशाखाले जनाएको छ। केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ। 

प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ। ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ। वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ।

प्रकाशित: Jan 05, 2022| 07:04 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।