सोमबार, फागुन २५, २०८२

बेइजिङमा धूम्रपान गर्नेको संख्यामा कमी

चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूम्रपान दर १९.९ प्रतिशतमा झरेको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

बेइजिङ- चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूम्रपान दर १९.९ प्रतिशतमा झरेको छ।

National life

नगर स्वास्थ्य आयोले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको छ। 

दोस्रो व्यक्तिले गरेको धुम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्यांकमा उल्लेख छ।  

धूम्रपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ। 

बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको छ। सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 05, 2022| 04:00 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।