मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमा आज : गोल्डेन गेटको निर्माणदेखि पहिलो महिला गर्भनरसम्म

इतिहासमा आज : गोल्डेन गेटको निर्माणदेखि पहिलो महिला गर्भनरसम्म

आज सन् २०२२ को जनवरी ५। हामीले इतिहासमा जनवरी ४ मा भएका घटनाक्रमहरुलाई यहाँ समेटेका छौं। आज सन् २०२२ को जनवरी ५। हामीले इतिहासमा जनवरी ४ मा भएका घटनाक्रमहरुलाई यहाँ समेटेका छौं।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- आज सन् २०२२ को जनवरी ५। हामीले इतिहासमा जनवरी ४ मा भएका घटनाक्रमहरुलाई यहाँ समेटेका छौं। 

गोल्डन गेट पुलको निर्माण 

सन् १९३३ जनवरी ५ मा सन फ्रान्सिस्कोमा गोल्डेन गेट पुलको निर्माण कार्य सुरु गरिएको थियो। १. ७ माइल लामो यो पुलको निर्माण सन् १९३७ मा सम्पन्‍न भएको थियो। यसले सान फ्रान्सिस्कोदेखि क्यालिफोर्नियालाई जोड्ने काम गर्छ। यो विश्‍वकै सबैभन्दा लामो 'सस्पेन्सन ब्रिज' को रुपमा पनि चिनिन्छ। यो पुल निर्माणका क्रममा यसको मुनि एक 'सेफ्टी नेट' राखिएको थियो। जसबाट १९ जनाको ज्यान जोगिएको थियो। 

पोर्चुगलका फुटबलरको निधन

एक प्रोर्चुगलका सम्भवत: महान फुटबलर इयुसेबियोको सन् २०१४ जनवरी ५ मा निधन भएको थियो। उनको लिस्बोनमा निधन भएको हो।

डेनियलद्वारा केन्यामा राष्ट्रपतिको पाँचौं कार्यकालका लागि शपथ 

केन्याको राष्ट्रपतिको पाँचौं कार्यकालका रुपमा सन् १९९८  जनवरी ५ मा डेनियल राप मोइले शपथ ग्रहण गरेका थिए। सन् १९२४ सेप्टेम्बर २ मा जन्मिएका उनको सन् २०२० फेब्रुअरी ४ मा निधन भएको थियो। उनले सन् १९७८ देखि २००२ सम्म केन्यामा २४ वर्ष लगातार शासन गरेका थिए। 

अमेरिकाको पहिलो महिला गर्भनर 

सन् १९२५ जनवरी ५ मा अमेरिकाको पहिलो महिला गर्भनरको रुपमा नेलि टायलोले पदभार ग्रहण गरेकी थिइन्। उनी अमेरिकाको वुमिङ राज्यको पहिलो महिला गर्भनर बनेकी हुन्। सन् १८७६ मा जन्मिएको उनको सन् १९७७ डिसेम्बरमा मृत्यु भएको थियो। 

प्रकाशित: Jan 05, 2022| 05:30 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।