मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओमिक्रोन फैलिएका देशबाट नेपाल प्रवेशका लागि 'ट्राभल एड्भाइजरी' परिवर्तन

ओमिक्रोन फैलिएका देशबाट नेपाल प्रवेशका लागि 'ट्राभल एड्भाइजरी' परिवर्तन

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएका देशबाट आउने मानिसको हकमा यसअघिको व्यवस्थालाई परिवर्तन गरेको छ। सरकारको गत ८ पुसमा बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ देखि लागु भएको व्यवस्थालाई परिवर्तन गरेको हो।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएका देशबाट आउने मानिसको हकमा यसअघिको व्यवस्थालाई परिवर्तन गरेको छ। सरकारको गत ८ पुसमा बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ देखि  लागु भएको व्यवस्थालाई परिवर्तन गरेको हो। 

सरकारले यसअघि विभिन्‍न ९ वटा देश दक्षिण अफ्रिका, बोत्सवाना, जिम्मावे, नामिविया, लेसोथो, इस्वानिटी, मोजाम्बिक, मलावी र हंङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन साताभित्र ती मुलकुको भ्रमण गरेका यात्रुलाई १६ मंसिर राति १२ बजे देखि नेपाल आउन रोक लगाएको थियो। तर गत आइतबार अध्यागमन विभागले जारी गरेको ट्राभल एड्भाइजरीमा १६ मंसिरको व्यवस्थालाई कायम राखिएको भनिए पनि अन्य केही व्यवस्थाहरु परिवर्तन  जनाएको छ। 

परिवर्तन भएको व्यवस्था अनुसार नेपालीसहित विदेशीलाई पनि नेपाल छिर्नसक्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार १६ मंसिरमा निषेध गरिएका ९ वटा मुलुकलगायत जोखिम भएका अन्य मुलुकबाट आउने नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्टवाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकहरुलाई आगमन अनुमति प्रदान गरिने भएको छ। 

तर त्यसमा केही शर्त राखिएको छ। नयाँ शर्त अनुसार पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्टबाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई नेपाल प्रवेश अनुमति दिइएको छ। 

यद्यपि उनीहरु कोभिड १९ संग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्‍वारेन्टिन बस्‍ने गरी प्रवेश अनुमति दिने जनाइएको छ।  साथै पूर्ण खोप नलगाएका वा खोप पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकहरुको हकमा भने नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गरिनेछ। परीक्षणमा  रिपोर्ट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसन पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ देखिएकाहरुलाई घरमै १० दिन क्वारेन्टिन बस्‍ने गरी प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ।  

सोही अवस्थाका कूटनीतिक वा अफिसियल पासपोर्टबाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुलाई भने देखिएकालाई १० दिन होटेल क्‍वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्‍वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने जनाइएको छ। 

प्रकाशित: Jan 04, 2022| 19:40 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।