काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्।
हेलिकोप्टरबाट धरान पुगेका उनी विभिन्न कार्यक्रममा सहभागी भएका छन्। त्यही क्रममा उनले फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरे।
धरान उपमहानगरपालिका–६ पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन पछि उनले फोहोर प्रशोधनका क्रममा उत्पादित भएको ऊर्जाबाट सञ्चालन हुने अटोको समेत उद्घाटन गरे।
अटो उद्घाटन पछि उनले अटोमै बसेर यात्रा समेत गरेका छन्।