काठमाडौं- मा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका-९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश-०२-०२१ प १९३५ नं.को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिएको हो।
गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा मंगलबार बिहान काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।