मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुद्दा मिलाउन प्रहरी कार्यालय पुगेका समाजसेवी आफैं पक्राउ परेपछि...

मुद्दा मिलाउन प्रहरी कार्यालय पुगेका समाजसेवी आफैं पक्राउ परेपछि...

जिल्ला प्रहरी कार्यालय पर्वतमा आएर अभद्र व्यवहार गरेको आरोपमा एक जना समाजसेवी पक्राउ परेका छन्। जिल्लाको कुस्मा नगरपालिका– १२ ठूलीपोखरीका झलकप्रसाद रिमाललाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा सोमबार दिउँसो पक्राउ गरेको हो।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

कुस्मा– जिल्ला प्रहरी कार्यालय पर्वतमा आएर अभद्र व्यवहार गरेको आरोपमा एक जना समाजसेवी पक्राउ परेका छन्। जिल्लाको कुस्मा नगरपालिका– १२ ठूलीपोखरीका झलकप्रसाद रिमाललाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा सोमबार दिउँसो पक्राउ गरेको हो।

गाउँको मुद्दा लिएर जिल्ला प्रहरी कार्यालयमा आएका रिमालले प्रहरीलाई विभिन्न धाक धम्की दिएर काममा अवरोध गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए।

रिमाल स्थानीय तहमा समाजसेवी व्यक्तिका रूपमा परिचित छन्। पछिल्लो समय उनले ठूलीपोखरीमा विभिन्न सामाजिक कार्य गर्दै आएको र गाउँले अगुवाका हिसाबले गाउँको एउटा मुद्दा मिलाउन भन्दै प्रहरी कार्यालय पुगेका थिए।

पक्राउ पर्नुको कारणबारे बताउँदै डीएपी बुढाथोकीले आइतबार स्याङ्जाको आँधिखोलाका पाँच जना युवा खौलालाकुरीमा आएर झैझगडा गरेपछि ठूलीपोखरी प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। घटना मिलाउन आएको भन्दै आएका उनले प्रहरीको माथिल्लो निकायसम्म आफ्नो पहुँच रहेको र यदि नछुटाए सरुवा गर्नेसम्मको धाकधम्की दिएको बुझिएको छ।

पक्राउ परेका रिमाल पूर्व प्रहरीसमेत हुन्। पूर्व प्रहरीले नै अभद्र व्यवहार गरेपछि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। 

रिमाललाई अभद्र व्यवहार मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अभद्र व्यवहार मुद्दाअन्तर्गत एक वर्षसम्म कैद सजायको व्यवस्था छ। युवाहरूको झैझगडाको विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 04, 2022| 13:15 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।