काठमाडौं- बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-५ विष्णुमतीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
विष्णुमतीमा डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय विनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बुढानीलकण्ठ नगरपालिका-२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।