सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनको गुइझोउ प्रान्तमा पहिरो जाँदा पाँच जनाको मृत्यु, ९ बेपत्ता

चीनको गुइझोउ प्रान्तमा पहिरो जाँदा पाँच जनाको मृत्यु, ९ बेपत्ता

सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ। मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।

सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ। मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ। तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको र अवस्था स्थिर रहेको छ भने अन्य पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

सिन्ह्वाका अनुसार आपतकालीन दमकल र सार्वजनिक सुरक्षा विभागका ७२० भन्दा बढी कर्मचारी बेपत्ता व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगेका छन्।   -सिन्ह्वा


प्रकाशित: Jan 04, 2022| 12:56 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।