शुक्रबार, वैशाख १८, २०८३

इजरायलमा कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हिजो सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ। 

National life

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हिजो सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो। 

कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन्। 

खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ-नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन्। तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ।

देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले आइतबार मात्रै गरेको हो। कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ।   

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप छ हजार ५६२ जना नयाँ संक्रमित भएका छन्। अघिल्ला दिनमा भन्दा संक्रमितको संख्या बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार संक्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गरेका छन्।   -एएफपी


प्रकाशित: Jan 04, 2022| 08:00 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।