बिहीबार, वैशाख २४, २०८३

भारतमा बलात्कारमा परेकी १० वर्षीया बालिका बनिन् आमा

बलात्कारको सिकार भएकी १० वर्षीया बालिका भारतमा आमा बनेकी छन्। पन्जाबमा बलात्कृत भएकी १० वर्षीया बालिकाले छोरालाई जन्म दिएकी छन्।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- बलात्कारको सिकार भएकी १० वर्षीया बालिका भारतमा आमा बनेकी छन्। पन्जाबमा बलात्कृत भएकी १० वर्षीया बालिकाले छोरालाई जन्म दिएकी छन्।

National life

सोहाना पुलिसका अनुसार नाबालिकाको उजुरीका आधारमा ती अज्ञात व्यक्तिको खोजी भइरहेको छ। बालिकाले प्रहरीमा २०२१ मार्चमा आफू विहारमा रहेको बताएकी छन्। त्यो समयमा उनले आफूले खेतमा काम गर्नेहरूलाई खाना पुगाउने काम गर्ने गरेको बताएकी छन्।

त्यही समयमा एक युवकले आफूलाई कुरैकुरामा फसाएर एक सुनसान स्थानमा लगेको बताएकी छन्। सुनसान स्थानमा लगिसकेपछि ती युवकले आफूमाथि करणी गरेको र कसैलाई भने ज्यान मार्ने धम्की दिएको उनले बताएकी छन्। युवकले दिएको धम्कीले आफूले परिवारलाई कुनै कुरा भन्न नसकेको उनले बताएकी छन्।

डिसेम्बरमा बालिकाले पेट दुख्यो भनेकी थिइन्। अस्पतालमा लैजाँदा उनको पेटमा बच्चा भएको थाहा भएको थियो। त्यसपछि बालिकाले बालकलाई जन्म दिएकी छन्। 

उनी विहारमा बलात्कृत भए पनि बच्चाको जन्म भने पन्जाबमा दिएकी छन्। पन्जाब प्रहरीले उनको उजुरीका आधारमा अनुसन्धानका लागि विहार प्रहरीलाई पत्रपठाएको जनाएको छ। - अमर उजालाबाट

प्रकाशित: Jan 04, 2022| 06:55 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।