सोमबार, फागुन २५, २०८२

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन्। ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

सउल- कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ। 

National life

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन्। ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ।  

राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो। संक्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो।   

मृत्यु भएका दुवै जना झन्डै ९० वर्षका थिए। उनीहरूमध्ये एक जनाको डिसेम्बर २७ मा र एक जनाको डिसेम्बर २९ मा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो। सिन्ह्वा

प्रकाशित: Jan 04, 2022| 06:29 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।