काठमाडौं- आज सन् २०२२ को जनवरी ४। हामीले इतिहासमा जनवरी ४ मा भएका घटनाक्रमहरुलाई यहाँ समेटेका छौं।
बर्मा स्वतन्त्र
सन् २९४८ जनवरी ४ मा दक्षिणपूर्वी मुलुक बर्मा (म्यानमार) औपचारिरुपमा स्वतन्त्र भएको थियो। सन् १९४७ मा बर्मिज् नता आङ सान र तत्कालीन बेलायती प्रधानमन्त्री क्लेमेन्ट एट्लीबीच शक्ति हस्तान्तरण गर्ने सम्झौता भएको थियो।
आइज्याकको न्यूटनको जन्म
सन् १६४३ जनवरी ४ मा बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक र गूढ रसायनशास्त्री सर आइज्याक न्यूटनको जन्म भएको थियो। गुरुत्वाकर्षण र तीन गतिका नियम बनाउने र शास्त्रीय यान्त्रिकीको जग बसाल्ने आइज्याकले केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाणित गरेका थिए। १७२७ मार्च ३१ मा ८४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।
बुर्ज खालिफा खुला
संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको विश्वकै सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खालिफा पनि सन् २०१० जनवरी ४ मा नै औपचारिकरुपमा खुला गरिएको थियो।
न्यान्सी पेलोसी पहिलो पटक स्पिकर निर्वाचित
अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसी सन् २००७ जनवरी ४ मा पहिलो पटक हाउस अफ रिप्रेजेन्टेटिभको स्पिकरमा निर्वाचित भएकी थिइन्। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको स्पिकर हुने उनी पहिलो महिला हुन्।
टीएस इलिओटको निधन
अंग्रेजी साहित्यका लेखक टीएस इलिओटको सन् १९६५ जनवरी ४ मा निधन भएको थियो। आधुनिकता आन्दोलनको एक जना नेतासमेत रहेका इलिओटले द वेस्ट ल्याण्ड नामक कवित संग्रह प्रकाशित गरेका थिए।
फ्रेन्च साहित्यकारलाई नोबेल पुरस्कार
फ्रेन्च साहित्यकार तथा नाटककार अल्बर्ट क्यामसले सन् १९५७ जनवरी ४ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए। उनी एक सडक दुर्घटनामा मारिएका थिए।