मंगलबार, भदौ २, २०८३

लोकसेवाद्वारा शाखा अधिकृतको विज्ञापन स्थगन

लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगन गरेको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगन गरेको छ।

आयोगले सोमबार एक सूचना जारी गर्दै मंसिर २९ गते प्रकाशित राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरूको सूचना नं. ४१८/०७८-०७९ अन्तर्गतको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचनाहरू र सूचना नं. ४१९/ ०७८-०७९ अन्तर्गतका न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र संघीय संसद् सेवाका खुल्ला तथा समावेशी समूहका सबै विज्ञापनहरू दरखास्त लिने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको हो।

लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिहरुको योग्यता क्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग गर्दै दायर रिटमा उच्च अदालत पाटनले पुस १३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्‍न भनेको थियो।

उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा. नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा गत मंसिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्‍न अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो।


प्रकाशित: Jan 03, 2022| 19:43 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।