मंगलबार, भदौ २, २०८३

यौनजन्य दुर्व्यवहारसम्बन्धी बेनामे उजुरी बढे

अध्यक्ष पराजुलीले आयोगले हिंसा सम्बोधनका क्रममा आयोगले बढी जोखिम भएका ठाउँमा तत्काल समस्या समाधानका लागि पहल गरिरहेको बताए।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यलयस्थलमा हुने यौनजन्य दुर्व्यवहारको बारेमा आयोगमा बेनामी उजुरीहरुको संख्या बढिरहेको बताएकी छन्। 

सोमबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले कार्यलयस्थलमा हुने यौनजन्य दुर्व्यवहारको बारेमा आयोगमा बेनामी उजुरीहरुको संख्या बढिरहेको बताएकी हुन्। उनले कार्यथलोमा हुने महिला हिंसालाई कम गर्न सरकारी कार्यालयहरु मन्त्रालयहरुमा निरिक्षण गर्नुपर्ने बताइन्। अध्यक्ष पराजुलीले कार्यालयस्थल भन्ने बित्तिकै श्रमिकहरुमा मात्रै हिंसा हुन्छ भन्‍ने कुरालाई हटाउनु पर्ने बताइन्।

अध्यक्ष पराजुलीले भनिन्, ‘यो कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारको बारेमा पनि आयोगमा केही बेनामी उजुरीहरु आएका छन्। ती उजुरीहरु तामेलीमा रहेको अवस्था छ। बेनामी उजुरीलाई अघि बढाउने प्रक्रिया पनि भएन। हामीलाई के भइरहेको छ भने सी वान नाइन्टीको कुरा पनि आइरहेको छ। हामीले ज्वाइन मनिटरिङ नै गर्नुपर्ला। महिला आयोग, समिति, मन्त्रालय सबै भएर ज्वाइन मनिटरिङ नै गर्नुपर्छ। कस्तो कस्तो अवस्था छ ? कार्यथलोमा हुने भनेपछि हामीले यसलाई श्रमीक क्षेत्रहरु मात्रै नहेरेर सरकारी कार्यालयहरु मन्त्रालयहरुमा निरिक्षण गर्नुपर्नेछ।’

अध्यक्ष पराजुलीले आयोगले हिंसा सम्बोधनका क्रममा आयोगले बढी जोखिम भएका ठाउँमा तत्काल समस्या समाधानका लागि पहल गरिरहेको बताइन्। उनले स्थानीय पालिकाहरुमा महिला हिंसाका घटना बढिरहेको तर महिलाहरु कार्यकारी पदमा नभइदिँदा र महिला, बालबालिका कार्यालय नभएकोले गर्दा रिपोर्ट गर्न नै समस्या भइरहेको गुनासो आएको बताइन्। अध्यक्ष पराजुलीले महिला मन्त्रालय र राष्ट्रिय महिला आयोग दुवै केन्द्रमा मात्रै भएकोले लट्टरी छिनेको चंगा जस्तो अनुभव भइरहेको बताइन्।

अध्यक्ष पराजुलीले भनिन्,‘हिंसा सम्बोधनका क्रममा हामीले महिला आयोगले एउटा हामीलाई उजुरी आउँछ, ११४५ मा उजुरी आउँछ, अर्को पीडितहरु नै आउनुहुन्छ।अर्को हामी आफैँ मनिटरिङ गर्छौं। तीन, चार तरिकाले हामीले सम्बोधन गर्ने गरेका छौँ। हाइरिस्क भएका ठाउँहरुमा तुरुन्तै अनुगमनमा जाने, त्यसलाई रेस्क्यु गर्ने र गृहप्रशासनलाई तुरुन्तै भन्ने, प्रहरी प्रशासनलाई पत्राचार गर्ने, त्यही फोनबाट उजुरी लिनु भन्ने तरिकाले संयोजन गरिरहेका छौँ।’ 

बैठकमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको विषयलाई बढी उचाल्ने काम भएको बताए। उनले माईतीघर मण्डलामा रुबी खानसहितका महिला अधिकारकर्मीहरु एन्जिओ र आईएन्जीओको उक्सावटमा रिले अनसनमा बसेको बताए। सचिव पाण्डेले सरकारको तर्फबाट कानुनीरुपमा गर्नुपर्ने कार्यहरु भइसकेको अवस्थामा पनि काठमाडौंमा आन्दोलन र नारा चर्काएपछि स्वर सुनिन्छ भन्ने हिसावले आन्दोलन गरिरहेको बताए।

सचिव पाण्डेले भने, ‘स्थानीयरुपमा बुझाइ के छ भने, यो विषयलाई बढी उचाल्ने काम मात्रै भयो, यथार्थ फरक छ। भन्ने हिसावले स्थानीयको पनि त्यही बुझाइ छ। सरकारको तर्फबाट कानूनिरुपमा गर्नुपर्ने कार्यहरु भइसकेको अवस्था छ।’

सचिव पाण्डेले कानुन बनाउने विषय, प्रहरीको व्यवहार सुधार्ने विषय, प्रहरीको अनुसन्धान सुधार्ने प्रक्रियाको विषय, प्रहरीको तालिमबाट आवश्यक विषयवस्तुहरु समावेश गर्ने विषयमा गृहमन्त्रालयले समन्वय गरेको बताउनु भयो। उहाँले अपराधका घटनाहरु भने घटाउन नसकेको बताए। 


प्रकाशित: Jan 03, 2022| 22:05 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।