मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब विद्युत् प्राधिकरणको सामान ढुवानी नेवानिको जहाजबाट

अब विद्युत् प्राधिकरणको सामान ढुवानी नेवानिको जहाजबाट

सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत ढुवानी गर्ने सम्झौता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। 

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सोमबार भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख छ।

कार्यक्रममा मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको बताए। उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा निजी क्षेत्रका उद्योग र व्यापारीलाई पनि आग्रह गरे। 

मन्त्री आलेले भने, ‘प्राधिकरण मात्रै नभएर प्राइभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरुको सरसामान ओसारपसार  गर्दा पनि हामीले नै पाउनेछौं। यो एउटा प्रश‌सनीय काम भएको छ। यसका निमित्त कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्षज्यूलाई आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण उच्च पदस्थ कर्मचारीहरुलाई निगमकै जहाज प्रयोग गरिदिन हुन अनुरोध गर्न चाहन्छु।’

निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिएका थिए। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित  प्रावधान अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।  

प्रकाशित: Jan 03, 2022| 14:38 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।